पाेखरा विमान दुर्घटनामा मृत्यु भएका आफ्ना नागरिकको शव लिन कोरियन टोली नेपालमा

0
Shares

काठमाडौँ।

गत आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेर ज्यान गुमाएका २ जना कोरियन नागरिकको शव लिन कोरियन टोली नेपाल आइपुगेको छ । कोरियाको परराष्ट्र मन्त्रालयको डेलिगेसन टोली पार्क साङ्जिनसहित ३ जना बुधबार नेपाल आइपुगेका हुन् ।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित ७२ जना लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटना भएकाे थियाे । अहिलेसम्म ७१ जनाको शव फेला परेको छ भने १ जनाको खोजी भइरहेको छ।