सभामुख र राष्ट्रपतिमा कांग्रेसले आस गर्नु बेर्थ : बिष्ट

0
Shares

रामेछाप ।

नेकपा एमालेका सचिव गोकर्ण विष्टले नेपाली कांग्रेसले सभामुख र राष्ट्रपतिमा आस गर्नु बेर्थको कुरा हुने बताउनु भएको छ । प्रेस चौतारी नेपाल रामेछापले आयोजन गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दैँ विष्टले वर्तमान सत्ता गठबन्धनमा भएको सहमति तल माथि नहुने समेत बताउनुभएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सचिव विष्टले सत्ता गठबन्धनले राजनीतिक अस्थिरताको अन्त्यको लागि काम गर्नुपर्ने बताउनु भयो । नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिएको प्रति कांग्रेसकै नेताहरूले प्रश्न उठाइरहेका बताउँदै विष्टले त्यस प्रति एमालेले कुनै प्रतिक्रिया व्यक्त गर्नु आवश्यक नरहेको बताउनुभयो । प्रधानमन्त्रीलाई पर्याप्त बहुमतको आधार हुँदा हुँदै किन विश्वासका मत दियो भन्ने प्रश्नको जवाफ कांग्रेसले नै दिनु पर्ने विष्टले बताउनुभयो ।

जनताले प्रश्न नउठाउने गरी व्यवहारमा ध्यान दिन उहाँले सत्ता साझेदार दल र मन्त्रीहरूलाई आग्रह गर्नुभयो । वर्तमान सरकारको मुख्य भूमिका संविधानको प्रभावकारी कार्यान्वयन, राजनीतिक स्थिरता र विकास रहेको उहाँले बताउनुभयो । यस तर्फ जिम्मेवार पार्टीको हिसाबले एमालेले आजको वस्तुगत परिस्थितिलाई बुझेर जिम्मेवार भूमिका निर्वाह गर्ने विष्टले बताउनुभयो ।