पर्यटन राज्यमन्त्री सुशिला सिर्पालीले लिइन् शपथ

0
Shares

काठमाडाैं  । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले पद तथा गोपनीयताको शपथ लिएकी छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई बुधबार सिंहदरबारमा शपथ गराएका हुन् ।

मंगलबार ढिलो सूचना पाएकी राज्यमन्त्री शिर्पाली राष्ट्रपति कार्यालयमा भएको शपथग्रहण समारोहमा सहभागी हुन पाएकी थिइनन्। प्रधानमन्त्री प्रचण्डले विस्तार गरेको मन्त्रिपरिषदमा उनलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो।