लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखद्वारा शपथ

0
Shares

रुपन्देही ।  

लुम्बिनी प्रदेशका नवनियुक्त सभामुख तुलाराम घर्ती र उपसभामुख मञ्जु खाण केसीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सभामुख घर्तीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराउनुभएको हो भने उपसभामुख खाणलाई सभामुख घर्तीले शपथ गराउनुभएको हो ।

शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घर्तीले अघिल्लो प्रदेशसभाले बसाएको जग बलियो बनाउने गरी काम गर्ने बताउनुभयो । उहाँले प्रदेश सभाका ८७ सदस्यको अभिभाकत्वको समेत जिम्मेवारी पूरा गर्ने बताउनुभयो ।