सभामुखमा मेरो जित निश्चित : देवराज घिमिरे

0
Shares

काठमाडौं ।

नेकपा एमालेका सांसद एवं नेकपा एमालेबाट सभामुखका उम्मेदवार देवराज घिमिरेले सभामुखमा आफ्नो जित निश्चित रहेको दाबी गरेका छन् ।

संसद् सचिवालय नयाँ बानेश्वरमा बुधबार सभामुखको उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग उनले विगतमा भएका कमजोरीबाट सिकेर अघि बढ्ने बताए ।

‘म सभामुख हुने निश्चित छ । त्यसलाई विगतका अनुभव र शिक्षाबाट सिकेर व्यवस्थित गर्दै अघि बढ्नुपर्छ,’ उनले भने, ‘यो दलबाट विजयी बनेर होइन, सिंगो प्रतिनिधिसभाबाट विजयी भएर जाने हो ।

प्रतिनिधिसभाबाट विजयी भएपछि सभामुखले खेल्ने भूमिका के हुन्छ, त्यो भूमिकामा कमी नभई भूमिका खेल्छु ।’ आफू नर्वाचित भइसकेपछि सांसदहरुलाई सहमतिका साथ अघि बढाउने प्रतिबद्धता पनि जनाएका छन् ।