प्रधानमन्त्री दाहाल र देउवाबीच टेलिफोन वार्ता

0
Shares

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच टेलिफोन वार्ता भएको छ ।  कांग्रेस पदाधिकारी बैठकले प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिने निर्णयपछि प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच टेलिफोन वार्ता भएको हो ।

देउवाले कांग्रेसले पनि सभामुखमा दाबी गर्ने बताउँदै सघाउन प्रधानमन्त्री दाहाललाई आग्रह गरेको बुझिएको छ । प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको कांग्रेसले सभामुखमा आफूलाई सघाउन माओवादीलाई आग्रह गरेको हो ।

देउवाको आग्रहमा प्रधानमन्त्री दाहालले आफूले समझदारीका लागि अधिकतम प्रयास गर्ने आवश्वासन दिएका छन्  । प्रतिनिधिसभाको सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ ।