एकीकृत समाजवादीले सभामुखमा कांग्रेसलाई सघाउने

0
Shares

कठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सभामुख पदका लागि उम्मेदवारी दर्ता नगराउने भएको छ । अध्यक्ष माधवकुमार नेपालले उक्त पदमा आफ्नो पार्टीबाट उम्मेदवारी नदिने बताएका छन् ।

आज (बुधबार) नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेट पश्चात् नेपालले एकीकृत समाजवादीले सभामुख पदका लागि उम्मेदवारी नदिने र कांग्रेसलाई सघाउने बताए । उनले अन्य संवैधानिक पदमा कांग्रेससँग मिलेर जाने बताएका छन् ।

अध्यक्ष नेपालले सभामुख र राष्ट्रपतिको निर्वाचनमा मिलेर जाने विषयमा सकारात्मक छलफल भएको बताए । उनले भने, ‘हाम्रो पार्टीले सभामुखमा उम्मेदवारी दिँदैन । सभामुख र राष्ट्रपतिसहित अन्य संवैधानिक पदमा मिलेर जानका लागि सकारात्मक छलफल भएको छ ।’