कांग्रेस पदाधिकारी बैठक जारी

0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । बिहान ९ बजे बस्ने भनिएको बैठक केही ढिला गरी सुरु भएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

उनका अनुसार पदाधिकारी बैठकमा प्रतिनिधिसभाको सभामुखका विषयमा छलफल हुने छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठक बसिरहेको हो ।

सभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदै छ । दिउँसो १ देखि अपराह्न ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।सरकारलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने वा अन्य दललाई समर्थन गर्ने भन्ने निर्णय गर्ने छ ।

सभामुखबारे आन्तरिक छलफलमा जुटेको कांग्रेसले कसलाई अघि सार्ने भन्ने पनि छलफल चलाइरहेको छ ।उम्मेदवारी दिने वा नदिनेबारे आजको पदाधिकारी बैठकले निर्णय गर्ने छ ।