मिस इको इन्टरनेसनलमा भिडदै रक्षा

0
Shares

इजिप्टमा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस इको इन्टरनेसनल २०२३ मा नेपालको प्रतिनिधित्व रक्षा उप्रेतीले गर्ने भएकी छन् । उप्रेतीलाई ग्रिन आर्ट मिडियाले सहभागी गराउन लागेको हो ।

हालै राजधानीमा आयोजित एक भेलामा उप्रेतीलाई प्रतियोगीको रूपमा सार्वजनिक गरिएको थियो । उप्रेतीलाई पहिलो मिस इको इन्टरनेसनल नेपाल २०१७ की विजेता रोनाली अमात्यले ताज पहियाइदिएकी थिइन् ।

गत वर्ष मिस इको इन्टरनेसनलमा शोफिया भुजेलले नेपालको प्रतिनिधित्व गरेकी थिइन् । प्रतियोगितामा टप २० मा पुग्न सफल उनले हालै अमेरिकामा आयाजित मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

आगामी फेब्रुअरीमा आयोजना हुने प्रतियोगितामा ६० बढी देशका इको सुन्दरीको सहभागिता रहनेछ । प्रतियोगिताका लागि उप्रेती नेपालको तर्फबाट एक्लो प्रतिनिधि हुन् । उप्रेतीले मिस इको आफ्ना लागि एउटा राम्रो अवसर भएको बताइन् ।