मिस युनिभर्सको ताज अमेरिकी सुन्दरी ग्राबियललाई

0
Shares

अमेरिकाको न्यु अर्लियन्समा सम्पन्न मिस युनिभर्स २०२२ को उपाधि अमेरिकी सुन्दरी रबोनी ग्राबियलले चुमेकी छन्।आइतबार बिहान भएको ग्रान्ड फिनालेमा टेक्सास निवासी २८ वर्षीया ग्राबियल ७१औं मिस युनिभर्स घोषित भएकी हुन्।

फेसन डिजाइनर, मोडल एवम् सिलाई प्रशिक्षकसमेत रहेकी ग्राबियललाई अघिल्लो संस्करणकी मिस युनिभर्स विजेता हर्नाज सन्धुले ताज पहि-याएकी थिइन्। ग्राबियल मिस युनिभर्सको उपाधि जित्ने पहिलो फिलिपिनो अमेरिकी हुन्।

समारोहमा भेनेजुएलाकी अमान्डा डुडामेल फस्ट र डोमिनिकन रिपब्लिककी एन्डिना मार्टिनेज फ्युनियर सेकेन्ड रनर्सअप घोषित भए। ८० देशका सुन्दरीको सहभागिता रहेको मिस युनिभर्समा नेपालबाट भने सोफिया भुजेलले सहभागिता जनाएकी थिइन्। सोफियाले नेसनल कस्ट्युम राउन्डमा त्रिशुल समातेर देवीको अवतारमा नेपालको प्रतिनिधित्व गर्दैै चर्चा बटुलिन्। तर, अन्तिम १६ मा पनि स्थान बनाउन सकिनन्।