पीडितको पक्षमा खम्बा भएर उभिन प्रहरी प्रमुखलाई गृहमन्त्रीकाे निर्देशन

0
Shares

काठमाडौं ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरूलाई उच्च मनोवलका साथ प्रदेशमा गएर काम गर्न निर्देशन दिएका छन् ।

पुष २८ मा भएको सरुवापश्चात जिम्मेवारी हेरफेर भएका डिआइजीहरुलाई सोमबार गृहमन्त्रालयमा निर्देशन दिँदै मन्त्री लामिछानेले कुनै राजनीतिक हस्तक्षेप बिना संगठनले कार्यकुशलता हेरेर जिम्मेवारी हेरफेर गरेका बताए ।

विगतमा सरुवालाई सजायको रुपमा लिने गरिको भएता पनि यसपटक कार्यकुशलता नै हेरेर जिम्मेवारी तोक एको र प्रदेशमा कुनै पनि राजनीति आग्रह वा पूर्वागर नराखी जनताको हितका पक्षमा काम गर्न निर्देशन दिएका हुन् ।

प्रहरी संगठनमा हरेपछि आदेशको पालना त गर्नु पर्छ नै तर कानुन बमोजिमका आदेशको पालना गर्नपनि गृहमन्त्रीले निर्देशन दिएका छन् । अब प्रहरी नेतृत्वका लागि पनि कुनै शक्ति केन्द्रमा व्यक्तिगत विवरण (CV) लिएर धाउनु नपर्ने भन्दै गृहमन्त्री लामिछानेले तपाईंको कार्यकुशलता, कार्यसम्पादन तथा तोकिएको जिम्मेवारीमा कस्तो भूमिका निर्वाह भएको छ यसैको आधारमा नेतृत्व चयन हुने भएकाले पनि जिम्मेवारी निर्वाहमा ध्यान दिन आग्रह गरेका छन् ।

प्रहरीसंगठन र आफु मातहतमा रहेका प्रहरी कर्मचारीहरुमा सद्भाव (Good Faith) राखेर काम गर्न पनि उनको निर्देशन थियो । प्रदेश तथा अन्य निकायमा रहेका सबै प्रहरी उच्च अधकारीहरुलाई उनले सधै पीडितको पक्षमा खम्बा भएर उभ्भिन पनि आग्रह गरेका छन् ।

कसैको प्रभाव वा दवाबमा नपरी नागरिको साथी बन्ने गरेर नियम कानुनको पालनमा दृढ रहनपनि मन्त्री लामिछानेले निर्देशन दिएका छन् । संगठनमा क्षमता भएकाहरुलाई उचित अवसर दिने र कुनै पनि राजनीतिक र शक्ति केन्द्रको दवावमा प्राभावित हुन नदिने अडानमा आफुरहेको भन्दै उहाँले यति सुधार गर्न नसके आफु गृहमन्त्री भएको औचित्य नरहने समेत प्रष्ट पारे।

शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण, राजस्व चुहावट नियन्त्रण लगायतका क्षेत्रमा नयाँ जिम्मेवारी पाउनु भएका डिआइजीहरुको क्षमता मूल्याङकन गरेर संगठनले गरेको विश्वास डगमगाउन नदिन पनि गृह मन्त्री लामिछानेले निर्देशन दिएका छन् ।