दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

0
Shares

काठमाडाैं  ।

आइतबार बिहान पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ भेटिएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीका अनुसार सोमबार बिहान दुर्घटनास्थलमा ब्ल्याक बक्स भेटिएको हो ।

ब्ल्याक बक्स नेपाली सेनालाई बुझाइएको छ । उक्त ब्ल्याक बक्स आजै काठमाडौँ ल्याउने र दुर्घटना जाँच आयोगलाई बुझाइने प्राधिकरणको भनाइ छ ।