महासंघका केन्द्रीय सदस्य पौडेलको निधन

0
Shares

काठमाडौं  ।

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको निधन भएको छ ।

काठमाडौंबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा उक्त विमान दुर्घटना हुँदा पौडेलको मृत्यु भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका उपाध्यक्षसमेत रहेका पौडेल पोखरालाई कार्यक्षेत्र बनाएर लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै आउनुभएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट्नका लागि राजधानी आएका स्व. पौडेलले प्रधानमन्त्रीसँग भेट हुन नसकेपछि आफ्नो पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन पौडेल पोखराका लागि यती एयरलाइन्सको विमानवाट पोखरातर्फ प्रस्थान गर्नुभएको थियो ।पौडेलका एक छोरा रहेका छन् । पोखराको फूलबारीमा बस्दै आएका उहाँ पोखरा हटलाइन दैनिकका सम्पादकसमेत हुनुहुन्थ्यो ।

नेपाल पत्रकार महासंघले पौडेलको निधनमा गहिरो शोक व्यक्त गरेको छ । उहाँको निधनले एक जुझारु पत्रकार गुमाएको भन्दै महासंघले मृतआत्माको चिरशान्तिको कामना गरेको छ ।