क्याप्टेन कमल केसीसहित चालक दलका ४ जना सदस्य अझैँ परेनन् फेला

0
Shares

पोखरा । काठमाडौंबाट पोखराका लागि उडान भरेको यति एयरलाइन्सको एटिआर विमान दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ ।
क्याप्टेन कमल केसीसहित चालक दलका ४ सदस्यसहित ६८ यात्रु लिएर पोखरा उडेको उक्त विमान दुर्घटना भएको हो ।

दुर्घटनामा ३० जनाको मृत्यु भएको छ भने क्याप्टेन केसीसहित चालक दलका ४ सदस्य पनि अझैँ फेला परेका छैनन् । विमान चरामा ठोक्किएर दुर्घटना भएको आशंका गरिएको छ ।

१० विदेशी यात्रु रहेको विमानमा घाइते अवस्थामा फेला पारिएका यात्रुहरुलाई पोखराका विभिन्न अस्पतालमा पुर्याइएको छ । अधिकांश घाइतेको अवस्था चिन्ताजनक रहेको छ ।

घटनाको थप विवरण आउन बाँकी नै छ ।