चरामा ठोक्किएर विमान दुर्घटना भएको आशंका (भिडिओसहित)

0
Shares

पोखरा ।

काठमाडौंबाट पोखराका लागि उडान भरेको यति एयरलाइन्सको एटिआर विमान दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ । चालक दलका सदस्यसहित ६८ यात्रु लिएर पोखरा उडेको उक्त विमान चरामा ठोक्किएर दुर्घटना भएको आशंका गरिएको छ ।

१० विदेशी यात्रु रहेको विमानमा घाइते अवस्थामा फेला पारिएका यात्रुहरुलाई पोखराका विभिन्न अस्पतालमा पुर्याइएको छ । अधिकांश घाइतेको अवस्था चिन्ताजनक रहेको छ ।

घटनाको थप विवरण आउन बाँकी नै छ ।