६८ जना सवार यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटना, क्षतिको पूर्ण विवरण आउँदै

14
Shares

पोखरा । ६८ जना सवार यति एयरलाइन्सको जहाज पोखरमा दुर्घटना भएको छ । काठमाडौंबाट उडान भरेको यति एयरको एटिआर जहाज पोखरा विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले बताए ।

घटनास्थलमा उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ । जहाजमा चालक दलका सदस्यसहित ६८ जना सवार थिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।