ट्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

0
Shares

काठमाडौं।

कञ्चनपुर ट्याक्टरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेदकोट नगरपालिका–७ लालपुरमा ट्याक्टरले ठक्कर दिँदा बेदकोट-१ की अन्दाजी २३ वर्षीया तारा मल्लको मृत्यु भएको हो ।

साइकलमा सवार उनलाई शनिबार करिब बेलुकी ५ बजेतिर ट्याक्टरले ठक्कर दिएको थियो । प्रहरीका अनुसार मृतकको झोलाभित्र तारा मल्ल लेखिएको परिचयपत्र फेला परेको छ ।

परिवारका मानिस अहिलेसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको म२त १०३५ नम्बरको ट्याक्टरले ती युवतीलाई ठक्कर दिएको थियो ।