भोलि राष्ट्रिय सभा बैठक, यस्तो छ सम्भावित कार्यसूची



काठमाडौं ।

राष्ट्रिय सभाको बैठक शुक्रबार बस्दै छ । शुक्रबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।

एक बुँदे सार्वजनिक सम्भावित कार्यसूचीका अनुसार संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक माननीय खिमलाल देवकोटाले संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन र सातै प्रदेशका प्रदेशगत प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यक्रम रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्