छड्के-२ का लागि भिटेनको र्‍याप


आगामी फागुन १९ गते रिलिज हुने अनमोल केसी स्टारर फिल्म छड्के–२ का लागि -यापर भिटेनले एक गीत गाएका छन्। बुधबार रेकर्ड गरिएको फिल्मको गीतमा भिटेनले स्वर भरेका हुन्।

गीतमा शब्द रचना र संगीत पनि भिटेन स्वयंमको छ। कथा सुहाउँदो भएका कारण फिल्ममा भिटेनको गीत समावेश गरिएको फिल्मका निर्माता प्रशान्त गिरीले बताए।

ग्याङस्टर जनरामा निर्मित फिल्ममा निगम श्रेष्ठको लेखन र निर्देशन रहेको छ भने अनमोलका साथमा रोविन तामाध्र, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगरलगायतका कलाकार मुख्य भूमिकामा छन्।

मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलको सहकार्यमा काभ्रे फिल्म्सको ब्यानरमा प्रशान्त गिरी र देवकुमार श्रेष्ठद्वारा निर्मित फिल्ममा निर्भाना फिल्म स्कुल र लक्ष्मण का-कार्यकारी निर्माता रहेका छन्।