अभिनेता शिवाकोटीलाई मातृशोक

0
Shares

अभिनेता कृष्ण शिवाकोटीलाई मातृशोक परेको छ। शिवाकोटीको माता गंगादेवी शिवाकोटीको गत शनिबार राति निधन भएको हो।

८४ वर्षीया गंगादेवी लामो समयदेखि मधुमेह र उच्त रक्तचापबाट पीडित थिइन् भने खुट्टाको समस्याका कारण तीन वर्षदेखि हिँडडुल गर्न छोडेकी थिइन्। उनको तीन छोरा र एक छोरी छन्। कलाकार कृष्ण शिवाकोेटी माइलो छोरा हुन्। शिवाकोटीको परिवार घद्मेकुलोस्थित निवासमा बसेर उनको क्रियाकर्म गरिरहेको छ।