फूलबारीको माया रैछ र भर रैछ

0
Shares

कबड्डी निर्देशक रामबाबु गुरुङद्वारा निर्देशित फिल्म फूलबारीको गीत सार्वजनिक गरिएको छ।चल र अचल दृश्यको समीश्रण गरी तयार पारिएको माया रैछ र भर रैछ नि बोलको सार्वजनिक गीतले पारिवारिक प्रेमकथाको आभाष दिलाउँछ। फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री अरुणा कार्कीको जोडी बाँधिएको छ। यी दुई कलाकारलाई फिल्ममा पाका दम्पतीको भूमिकामा प्रस्तुत गरिएको छ।

गीतले पारिवारिक खुसीसँगै पीडा पनि प्रस्तुत गरिएको छ। फिल्ममा अभिनेता दयाहाध्र राई र अभिनेत्री गौमाया गुरुध्रको जोडी बाँधिएको छ भने अर्को जोडी सोमनाथ खनाल र प्रियंका कार्कीको छ। कालीप्रसाद बास्कोटाको शब्द, संगीत र स्वर रहेको गीतमा सदीक्षा कद्मेलले पनि स्वर दिएकी छन्।फिल्ममा विपिन, अरुणा, दयाहाध्र, प्रियंका, गौमाया र सोमनाथसँगै शिल्पा मास्के, अनुपम शर्मा, मनीष ढकाल, लोकेन्द्र लेखक साक्षी सिंह भण्डारी लगायतका कलाकारले अभिनय गरेका छन्।

अभिभावक र सन्तानबीचको सम्बन्धको कथा बुनिएको फिल्ममा कमल किशोर मलपानीको कथा र उपेन्द्र सुब्बाको पटकथा रहेको छ। आगामी फागुन ५ गते रिलिज हुने फिल्ममा कालीप्रसाद बास्कोटा र अनुपम शर्माको संगीत, जोश हेरुमको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ। यशोदा फिल्म्सको ब्यानरमा मनीष ढकालद्वारा निर्मित फिल्ममा रंगकर्मी तथा कलाकार मणिराम पोखरेल कार्यकारी निर्माता रहेका छन्।