कांग्रेस प्रतिनिधिसभाको मुख्य सचेतकमा रमेश लेखक

0
Shares

काठमाडौं । नेपाली कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक मनोनयन भएका छन् । आज (मंगलबार) पार्टी सभापति शेरबहादुर देउवाले लेखककलाई मुख्य सचेतकमा नियुक्त गरेका हुन् ।

देउवाले कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित) २0७४ को धारा १३ को उपधारा (१) बमोजिम प्रतिनिधिसभा सदस्य रमेश लेखकलाई प्रतिनिधिसभाको मुख्य सचेतक पदमा मनोनयन गरेका छन् ।