विश्वसम्पदा सूूचीकृतको तयारीमा रहेका बौद्ध सर्किटको कोषद्धारा अवलोकन



बुटवल । लुम्बिनी विकास कोषले कपिलवस्तु क्षेत्रका बौद्ध सर्किटहरुको अवलोकन गरेको छ । कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष ढुुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई सहितको टोलीले प्राचीन तिलौराकोट दरबार, सगरहवा र सिसहनियाँको स्थलगत अवलोकन गरेको हो ।

उक्त अवसरमा विश्वसम्पदा सूूचीकृतको तयारीमा रहेको तिलौराकोटको व्यवस्थापन, सिसहनियाँको संरक्षण एंव सगरहवालाई बौद्धकालिन पार्कका रूपमा विकास गर्न जरुरी रहेको औँल्याएका छन् ।

कोषका उपाध्यक्ष भिक्षु मैत्तयले बौद्धकालीन सभ्यताका प्रशस्त अवशेषहरु कपिलवस्तुमा रहेकाले उत्खनन्, संरक्षण र विकासका लागि कोषले क्रमशः काम गर्दै अघि बढ्ने बताउनुुभयो । उहाँले तिलौराकोटलाई विश्वसम्पदा सूूचीमा सूचीकृत गर्ने तयारीका लागि आवश्यक सम्पूूर्ण प्रक्रिया पूूरा भएको बताउनुुभयो ।

अवलोकनका क्रममा कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले जगदीशपुर ताल नजिकै रहेको शाक्यहरुको बध भएको स्थल सगरहवामा प्रस्तर राष्ट्रिय कार्यशाला गर्ने तयारी स्वरूप स्थलगत अवलोकन गरिएको बताउनुुभयो । सगरहवा ताललाई स्थानीय तह, स्थानीय बासिन्दाको समेत अपनत्व हुने गरि बौद्धकालिन सभ्यतालाई प्रस्तरमा उतारेर पर्यटकीय गन्तव्य बनाउने योजनाअनुसार कार्यशाला गर्ने परिषद्ले निर्णय गरिसकेको बताउनुुभयो ।

अवलोकनपछि तिलौराकोट, सगरहवा र सिसहनियाँ क्षेत्रको संरक्षणका लागि पहिलो चरणमा तत्तकाल पर्खाल निर्माण शुरु गर्नुपर्ने आवश्यकता देखिएकाले शुरु गर्ने सदस्य सचिव सानुराजा शाक्यले बताउनुुभयो ।

अनुुगमनमा योजना प्रमुख सरोज भट्टराई, कोषका बोर्ड सदस्य विश्वराज पौडेल, अर्का बोर्ड सदस्य रामनरेश कोहार, परिषद् सदस्य गोपी कृष्ण शर्मा, कोषका पुरातात्व विभागका प्रमुख हिमाल उप्रेती लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्