सिन्धुपाल्चोककी डोल्मा १३औं मिस मंगोल

0
Shares

राजधानीमा हालै सम्पन्न १३औं मिस मंगोल नेपाल २०२२ को उपाधि सिन्धुपाल्चोककी पासाङ डोल्मा शेर्पाले जितेकी छन्।
अघिल्लो संस्करणमा उत्कृष्ट ५ मा परेकी २४ वर्षीया शेर्पाले दोस्रो प्रयासमा मिस ट्यालेन्टसहित शीर्ष उपाधि जितेकी हुन्। प्रतियोगितामा कैलालीकी २५ वर्षीया दीपिका थापा मगर फस्ट र सोलुखुम्बुकी १८ वर्षीया डोल्मा छिरिङ शेर्पा मिस न्यु प्लास्टसहित सेकेन्ड रनर्सअप भइन्।

प्रतियोगितामा पाँचथरकी ममता आङबाे मिस मंगोल प्रोभिन्स वान, पर्साकी एसेन्ला घले मिस मंगोल मधेस, काठमाडौंकी प्रार्थना शाही मिस मंगोल बागमती, पोखराकी प्रिसिला गुरुङ मिस मंगोल गण्डकी, दाङकी मुना बुढामगर मिस मंगोल लुम्बिनी र मिस मंगोल सुदूरपश्चिम प्रतियागिताकी फस्ट रनर्सअप दीपिका थापा मगर भए।

रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगितामा मिस मंगोल नेपाल २०१९ सिभिरा लामा कोच रहेकी थिइन्। प्रतियोगितामा प्राज्ञ प्रदीप बोम्जन, नेपाल एड्मिनिस्टझेसन स्टाफ कलेजका डेपुटी डाइरेक्टर शिवहरि अधिकारी, प्याब्सन काठमाडौंका पूर्वअध्यक्ष हरिकृष्ण श्रेष्ठ, रंगकर्मी एवं अभिनेता पुष्कर गुरुङ, गायक धीरज राई, मिस मंगोल नेपाल २०१७ अनिता लामा र आदिवासी जनजाति चलचित्र महासंघका उपाध्यक्ष एवं डान्सिङ स्टार नेपालकी विजेता छिरिङ शेर्पा निर्णायक रहेका थिए।