पुष्प र साम्राज्ञीको रोमान्टिक अवतार


आगामी पुस २९ गते अल नेपाल रिलिज हुने फिल्म तिम्रो मेरो साथको शीर्ष गीत झिलमिल झिलमिल सार्वजनिक गरिएको छ।
गीतमा यसका प्रमुख कलाकार पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ।

फिल्मका निर्देशक रमेश एमके पौडेलकको शब्द रचना रहेको गीतमा योगेश काजि शाहको संगीत तथा सुगम पोखरेल र मेलिना राईको स्वर रहेको छ।

गीतको भिडियोमा कोरियोग्राफी रामजी लामिछानेको छ।फिल्मको टिजर, गीत र टझेलरले दर्शकबाट राम्रो साथ पाएकाले यो गीतबाट पनि यसको निर्माण समूहले सकरात्मक प्रतिक्रिया पाउने अपेक्षा राखेको छ।

सवीर श्रेष्ठ कार्यकारी निर्माता र लेखक रहेको फिल्ममा पुष्प, साम्राज्ञी र इमिलीका साथ सन्दीप क्षेत्री, सरोज खनाल, खड्कबहादुर पुन, दीपिशा केसीलगायतका कलाकारले अभिनय गरेका छन्।

निर्देशक पौडेलको यो डेब्यु निर्देशन हुन्। सवीर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा तयार पारिएको फिल्म पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलले संयुक्तरुपमा निर्माण गरेका हुन् भने नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली सह+निर्माता रहेका छन्।

फिल्ममा सुवास भुसाल र योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, शिव ढकालको छायांकन र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ।