पल प्रकरणमा तनहुँ अदालतद्वारा नवलपुरको फैसला माग

0
Shares

तनहुँ ।
करणीको आरोपमा तनहुँ कारागारमा रहेका अभिनेता पल शाहको अनुसन्धानका लागि नवलपुर अदालतको फैसला माग गरिएको छ। अभिनेता शाहमाथि लागेको बलात्कारको मुद्दामाथिको सुनुवाइ गर्ने दिन सोमबार सो फैसला माग गरिएको छ।

सुनुवाइ हुन नसके पनि कलाकार शाहको मुद्दाको नवलपुर अदालतले गरेको फैसलाको माग गरिएको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी गराए। अभिनेता शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो। तर, नवलपुरले भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुव्र्यवहारको अभियोगमा साढे २ वर्षको कैद सजाय तोकेको छ।

नवलपुर अदालतमा चलेको मुद्दा के-कस्तो अवस्थामा चलेको छ फैसला भएबमोजिम प्रमाणित कपी उपलब्ध गराउन भनि तनहुँ जिल्ला अदालतमार्फत पत्रचार भएको शाहको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी गराए। न्यायाधीश कमलप्रसाद आचार्यले नवलपुर अदालतको फैसलाको माग गरेको तनहुँ जिल्ला अदालतले जनाएको छ।

मुद्दाको अध्ययन गर्दै जाँदा नवलपुर अदालतमा के फैसला हुन्छ, सो तनहु जिल्ला अदालतमा पटके कायम हुने भन्ने माग दाबी लिएर जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग दायर गरेकोले माग गरिएको शाहको तर्फबाट बहस गरेका अधिवक्ता भानुभक्त सुवेदीले जानकारी गराए।नवलपुर अदालतको फैसलाविरुद्ध पनि कलाकार शाहले उच्च अदालत पोखरामा निवेदन दिएको सुवेदीले बताए।

गत फागुन ११ गते बालिकाका बुबाले आप्mनी नाबालिग छोरीमाथि शाहले पटक+पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए। शाह फागुन १५ गते उक्त प्रहरी कार्यालयमा आफंै सम्पर्कमा आएका थिए। पहिले जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिए पनि पछि पीडित भनिएकी नाबालिग र उनका बुबाले समेत दुवै अदालतमा बलात्कार हैन भनि बयान फेरेकाले यो मुद्दालाई चासोका साथ हेरिएको छ।