पोखरामा तिम्रो मेरो साथ

0
Shares

आगामी पुस २९ गते अल नेपाल रिलिज हुने फिल्म तिम्रो मेरो साथको युनिट प्रवद्र्धनका लागि पोखरा पुगेको छ मोफसल टुरका लागि युनिट पोखरा पुगेको हो। फिल्मका निर्देशक रमेश एमके पौडेलका अनुसार पोखराबाट शुरु भएको मोफसल यात्रा बुटवल, नारायणगढ, हेटौंडा, विराटनगर, बिर्तामोड हुँदै काठमाडौं आएर सम्पन्न हुनेछ।

फिल्मको सार्वजनिक टिजर, गीत र टझेलरबाट मिलेको प्रतिक्रियाले आफू र आफ्नो टिम निकै उत्साहित भएकोे निर्देशक पौडेलले बतए। मोफसल यात्रामा निस्केको सिनेमाकोे टिमलाई पोखराका दर्शकबाट मिलेको साथले पनि निकै ठूलो हौसला मिलेको फिल्मकी मुख्य अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले बताइन्।

मोफसलका अन्य शहरमा पनि यस्तै न्यानो साथ र स्वागतको अपेक्षा रहेको अभिनेता पुष्प खड्काले बताए। सवीर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको फिल्ममा पुष्प, साम्राज्ञी र इमिलीसँगै सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन, दीपिशा केसीलगायतका कलाकारले अभिनय गरेका छन्।

सवीर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा सुवास भुसाल र योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, शिव ढकालको छायांक र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ। पासाध्र लामा, अर्नव पौडेल र आर्यन पौडेलको निर्माणमा बनेको फिल्ममा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधीर पराजुली सह-निर्माता रहेका छन्।