चि मुसी चिको कथा



आगामी पुस २२ गते रिलिज हुने फिल्म चि मुसी चि: इभन डेड डिजायर बिल्गिङको पहिलो गीत सार्वजनिक गरिएको छ।सोमबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक कथा बोलको गीतमा आयुष्मान देशराज जोशी, प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल र राजन खतिवडालाई प्रस्तुत गरिएको छ।

रोहित शाक्य म्युजिक प्रोडुसर, शाक्क, विराज गौतम र सौरभ श्रेष्ठ म्युजिक कम्पोजर तथा तथा गायक गौतमको शब्द रचना रहेको सार्वजनिक गीतमा डाक्टर त्रिशला गुरुध्रकोे पनि स्वर सुन्न सकिन्छ। चि मुसी चिजस्तो फरक जनराको हरर थ्रिलर फिल्ममा स्वर दिन पाउँदा खुसी लागेको त्रिशलाले बताइन्।

निर्देशक मर्ण जेम्सले फिल्ममा कथाको मर्म बुझाउन कथा गीत समावेश गरिएको बताइन्। एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा रविन्द्र झा, गौरव विष्ट, विज्ञ नेपाल, विभूति नेपाललगायत कलाकारले अभिनय गरेका छन्।

फिल्मको केही अघि मात्र सार्वजनिक टझेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएकाले दर्शकको राम्रो साथ पाउने विश्वास निर्माण समूहको छ। मर्ण जेम्स र यश सैनीद्वारा संयुक्तरुपमा निर्मित फिल्ममा नेपाली र बलिउड प्राविधिकले काम गरेकाले दर्शकले केही फरक र नया∫पन महसुस गर्ने विश्वास गरिएको छ। फिल्मको निर्माता रिञ्जु केसी र प्रस्तुतकर्ता अरुण चक्रवर्ती हुन्।

प्रतिक्रिया दिनुहोस्