काव्या किड्स ग्ल्याम नेपाल

0
Shares

राजधानीमा हालै सम्पन्न बालिकाहरुको प्रतिभामूलक प्रतियोगितामा काव्या अधिकारी किड्स ग्ल्याम नेपालको उपाधि चुम्न सफल भएकी छन्। जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा नौ वर्षीया काव्याले मुख्य उपाधिसहित अन्य उपाधिलाई पनि आप्mनो बनाएकी छन्। राइजिङ नेपाल क्रियसनद्वारा आयोजित प्रतियोगितामा सुमरिना श्रेष्ठ फस्ट रनर्सअप भएकी छन्।

प्रतियोगितामा मिस्टर एन्ड मिस टिन ग्ल्याम नेपालका विजेता पनि घोषित गरिएको थियो। मिस टिनको उपाधि दिव्या तामाङले चुमेकी छन् भने मिस्टरतर्फ योगेश शर्मा विजयी भएका छन्। त्यसैगरी दिसन राई मिस्टर फस्ट रनर्सअप दिप्सना विष्ट मिस फस्ट रनर्सअप भएका छन्। भूमिका राई अर्गनाइजर च्वाइस र श्रेया तुलाचन ब्रान्ड एम्बेसडर भएका छन्।

कार्यक्रममा विजेतालाई प्लस टुमासम्म अध्ययनका लागि एक लाखको छात्रवृत्तिसहित विभिन्न पुरस्कार गिफ्ट ह्याम्पर र ताज प्रदान गरिएको थियो। प्रतियोगिता अश्रु महर्जनको कोरियोग्राफीमा सम्पन्न भएको थियो।