शर्मालाई पितृशोक


निर्माण नियन्त्रक, निर्माता तथा वितरक सरोज शर्मालाई पितृशोक परेको छ। शर्माका पिता शंकरप्रसाद शर्माको निधन भएको हो। बुधबार बिहान आफै‌ं हिँडेर गणेश मन्दिरको दर्शन गरेका उनलाई साँझ स्वास्थ्य समस्या भएपछि फ्रन्टलाइन अस्पताल पु(याइएको र उपचारकै क्रममा निधन भएको सरोजले बताए।

लामो समयदेखि मधुमेह र उच्च रक्तचापसँग जुध्दै आएका स्व. शर्मा ८३ वर्षका थिए। उनी गुप्तचर विभागमा सेवारत थिए। गुप्तचरको डीएसपीसम्म भई रिटायर्ड भएका थिए। स्व. शर्माको बुधबार राति नै अन्तिम संस्कार गरिएको छ।