त्रास र कौतुहलता जगाउँदै चि मुसी चि

0
Shares

नेपाली दर्शकलाई नेपाली फिल्मबाटै तर्साउने उद्देश्यले निर्माण गरिएको हरर थ्रिलर फिल्म चि मुसी चिः इभन डेड डिजायर बिलोग्डिङको बुधबार राजधानीमा आयोजित एक समारोहबीच टझेलर रिलिज गरिएको छ।

दुई मिनेट ५२ सेकेन्डको टझेलरले एक अदृश्य शक्तिसँग बच्न फिल्मका पात्रले गर्नुपरेका संघर्ष प्रस्तुत गरिएको छ। टझेलर एक अपरिचित बालिकाको वरिपरि घुमेको छ। टझेलरमा उक्त बालिकाले अन्य पात्रलाई दुःख दिए पनि त्यस पछाडिको कारण रहस्यमै राखिएको छ।मिर्ना जेम्स र यश सैनीद्वारा संयुक्तरुपमा निर्देशित फिल्मको टझेलरले दर्शकमा डर र कौतुहलता एकसाथ जगाइदिएको छ। टझेलरको अन्तिममा नायिका ऋचा शर्माले बोल्ने संवाद, ञछोराको चाहमा सानो बच्चालाई बली दिइयोु ले रहस्यको ढोका खोल्ने प्रयास गरेको छ।

निर्देशकद्वय मिर्ना र यशकै कथा र पटकथा रहेको फिल्ममा आयुषमान देशराज जोशी, प्रियंका कार्की, बेनिशा हमाल, ऋचा शर्मा रवीन्द्र झा, राजन खतिवडा, गौरव विष्ट, अरुण चक्रवर्तीलगायतका कलाकारले अभिनय गरेका छन्।

आगामी पुस २२ गते अल नेपाल रिलिज हुने फिल्मको सार्वजनिक टझेलरले दर्शकमा कौतुहलता पैदा गर्नेमा निर्माण पक्ष आशावादी देखिएको छ। नेपालमा निर्माण भइरहेका यसअघिका हरर फिल्मको तुलनामा चि मुसी चि भिन्न रहेको निर्माण पक्षको दाबी छ।एमी स्टुडियोको ब्यानरमा अरुण चक्रवर्तीको प्रस्तुतिमा रिञ्जु केसीले निर्माण गरेको फिल्ममा सुसन प्रजापतिको छायांकन र यश सैनीको सम्पादन रहेको छ।