सामन्था फिल्मबाट टाढिँदै


दक्षिण भारतीय फिल्म जगतकी सर्वाधिक चर्चित एवं महँगी अभिनेत्री सामन्था रुथ प्रभुले बलिउड तथा दक्षिण भारतीय फिल्मबाट टाढा रहने घोषणा गरेकी छन्।

बलिउड सञ्चार माध्यमका अनुसार सामन्थाले आफू एक गम्भीर प्रकृतिको रोगसँग लडिरहेका कारण यस्तो निर्णय लिएकी हुन्। केही समययता मायोसाइटिस नामक दुर्लभ रोगसँग लडिरहेकी ३५ वर्षीया उनले आफ्नो रोग पूरा øपमा निको बनाउनका लागि लामो समय फिल्म क्षेत्रबाट ब्रेक लिन लागेकी हुन्।

पछिल्लो फिल्म यशोदाबाट दर्शक तथा समालोचकको राम्रो प्रतिक्रिया पाएकी उनी रोगका कारण उक्त फिल्मको प्रचार कार्यक्रममा समेत सहभागी हुन सकेकी थिइनन्। बलिउडका कयाैं फिल्ममा साइन गरेकी उनले फिल्म क्षेत्रबाट टाढा रहने निर्णयपछि ती फिल्मको निर्माण कार्य प्रभावित हुने भएको छ।

सामन्थाले गत डिसेम्बरमा आफू मायोसाइटिस रोगबाट पीडित रहेको खुलासा गरेकी थिइन्। मायोसाइटिस एक किसिमको माशंपेशीमा लाग्ने रोग हो। जसका कारण शरीरको मांशपेशी अत्यधिक दुख्ने तथा सुन्निने हुन्छ। उनले सामाजिक सञ्जालमार्फत आफूलाई अचानक माशंपेसी दुख्न थालेको र केही दिनमै ठीक होला भन्ने लागे पनि दुखाइ झन् बढेकाले आफ्नो रोगबारे दर्शकलाई जानकारी गराएको बताएकी थिइन्।