पारिवारिक कथाको फूलबारी


आगामी फागुन ५ गतेदेखि प्रदर्शनमा आउने फिल्म फूलबारीको टिजर सार्वजनिक गरिएको छ।२ मिनेट २ सेकेन्ड लामो टिजरले पारिवारिक कथाको झल्को दिएको छ । टिजरमा यसका मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ। विपिन कार्की र अरुणा कार्की दम्पतिको भूमिकामा देखिएका छन्।

ब्लकबस्टर निर्देशक रामबाबु गुरुङद्वारा निर्देशित फिल्ममा विपिन र अरुणाका साथमा दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनीष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारले अभिनय गरेका छन्।

अभिभावक र सन्तानबीचको सम्बन्धको कथा भन्ने फिल्ममा कमल किशोर मलपानीको कथा, उपेन्द्र सुब्बाको पटकथा, कालीप्रसाद बास्कोटा र अनुपम शर्माको संगीत, जोश हेरुमको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ। यशोदा फिल्म्सको ब्यानरमा मनीष ढकालद्वारा निर्मित फिल्ममा मणिराम पोखरेल कार्यकारी निर्माता रहेका छन्।