कांग्रेस संसदीय दलको नेताका लागि मतदान जारी

0
Shares

काठमाडाैं  । 

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि निर्धारित समयभन्दा आधा घन्टा ढिलो मतदान सुरु भएको छ ।  सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ८ देखि १० बजेसम्म मतदानको समय निर्धारण गरिएको थियो ।

तर, मतदान केन्द्रमा मतदातालाई मोबाइल लैजान दिने कि नदिने विषयमा निर्वाचन समितिमा रहेका संस्थापन र इतर समूहबीच सहमति नजुट्दा मतदान ढिलोगरी सुरु भएको हो ।

अब मतदान केन्द्रमा मोबाइल नलैजाने सहमति जुटेको निर्वाचन समितिका सदस्य प्रकाश रसाइलीले बताए ।संसदीय दलको नेताका लागि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन् ।

निर्वाचन समितिमा भीष्मराज आङ्देम्बे संयोजक, पुष्पा भुसाल र प्रकाश रसाइली सदस्य छन् ।