दलित बस्तीमा सशस्त्र प्रहरी परिवार महिला संघद्वारा राहत वितरण

0
Shares

जाजरकोट । 

भेरी नगरपालिका ११ कटिगाँउमा न्यानो कपडा वितरण गरिएको छ । सेवा नै धर्म हो भन्ने मूल मन्त्रका साथ सशस्त्र प्रहरी परिवार महिला संघद्वारा भेरी ११ कटिगाउँमा डस्ना तथा पोलार ब्ल्याङकेट वितरण गरिएको हो ।

मंगलबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको उपस्थितिमा सशस्त्र प्रहरी परिवार महिला संघ स्वयम्भु हलचोकका अध्यक्ष अनिता लामिछाने अर्यालले भेरी नगरपालिका ११ कटिगाउँ दलित बस्ती गरिब विपन्न आर्थिक अवस्था न्युन भएका १४० घरपरिवारलाई डस्ना र पोलार ब्ल्याङकेट वितरण गर्नुभएको छ ।

१६० घरधुरी रहेको कटिगाउँ दलित बस्ती हो । त्यहाँका सर्वसाधारण नाना र खानाको जोहो गर्न भारतको कालापहाड जाने गर्छन् । स्वदेशमै श्रम र रोजगारीको अवसर नभएपछि भारत नगएर सुख नै छैन् । भेरी नगरपालिका ११ का स्थानीय अमृत बिकले कटिगाउँका सर्वसाधारणको दिनचर्याको बारेका जानकारी गराउनुभएको थियो ।

सशस्त्र प्रहरी परिवार महिला संघ अध्यक्ष अनिता लामिछाने अर्यालले मानव सेवालाई आत्मसाथ गर्दै निःस्वार्थ भावनाबाट भेरी नगरपालिका ११ कटिगाउँका सर्व साधारणको दिनचर्याको बारेमा जानकारी पाउँदा पुस माघको जाडोबाट सर्वसाधारणलाई न्यानो बनाउन सानो सहयोग लिएर आउन पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

भेरी नगरपालिका ११ का ७० वर्षीय धनराज विकले जाडो समयमा न्यानो ओछ्यान र ओढ्ने कपडा पाउँदा खुसी लागेको बताउनुभयो । जाडो समयमा दुर्गम बस्तीसम्म आएर विपन्न घरपरिवारलाई सामग्री प्रदान गर्नुभएकोमा धन्यवाद दिनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी परिवार महिला संघका केन्द्रीय अध्यक्ष अनिता लामिछाने अर्याल, सशस्त्र प्रहरी परिवार महिला संघका केन्द्रीय पदाधिकारी ६ नम्बर बाहिनीका क्षेत्रीय पदाधिकारी, ५ नम्बर बाहिनीका बाहिनी पति सशस्त्र प्रहरी नायव महानिरीक्षक विदुर खडका,६ नम्बर बाहिनीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक निर कृष्णा अधिकारी लगाएको टोली विपन्न बस्तीमा पुगी अध्ययन अवलोकन गरेको थियो ।

भेरी नगरपालिकाका नगर उपप्रमुख सिता जैसीले रोग भोग अशिक्षा बेरोजगारीको समस्यामा परेको दलित बस्तीमा पुगेर सहयोग गरेकोमा धन्यवाद दिनुभएको छ । बिहान बेलुकाको छाक टार्न मुस्किल भएका सर्वसाधारण विपन्न परिवारले डस्ना र पोलार ब्लयाङ्केट पाएपछि खुसी भएका छन् ।