दुर्घटनामा मृत्यु भएकी महिलाको पहिचान खुलेन

0
Shares

धादिङ।

पृथ्वी राजमार्ग अन्तरगत मलेखु–गजुरी सडक खण्डको विहानी पम्प नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन् ।

भैरहवाबाट काठमाण्डौं तर्फ जाँदै गरेको लु २ ख २६४४ नम्बरको बस र विपरित दिशाबाट आँउदै गरेको बा २ ख ४७६२ नम्बरको माईक्रोबस एकआपसमा ठोक्कीएर दुर्घटना भएको थियो ।

दुर्घटनामा माइकोमा सवार २८/३० वर्षीया महिलाको उपचारको क्रममा गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको छ । मृतक महिलाको पहिचान नखुलेको धादिङ प्रहरी प्रवक्ता डिएसपी श्याम बहादुर खत्रीले जानकारी दिनुभयो ।

दुर्घटनामा माइक्रोबसमा सवार १२ जना घाइतेमध्ये एकको निधन भएको र बसमा सवार चार यात्रु घाइते भएका छन् । माइक्रोमा रहेका घाइते यात्रुहरूलाई थप उपचारको लागि काठमाडौं प्रेषण गरिएको छ ।