मिर्गौला दातालाई लायन्स क्लबद्वारा ३३ हजार सहयोग 

0
Shares

काठमाडौँ। 

दुवै मिर्गौला फेल भएकी आफ्नी ४७ वर्षीया  आमा पूजा देवान नापितलाई आफ्नो एउटा मिर्गौला दिएर बचाउने काठमाडौँ टेवहाल निवासी २५ वर्षीय छोरा सिराज नापितलाई मंगलबार लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के अन्तर्गतको लायन्स क्लब काठमाडौँ आबद्धले ३३ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ ।

लायन्स क्लब काठमाडौँ आबद्धकी सचिव एवम् मदन स्मारक मावि पुल्चोककी पूर्व विद्यार्थी नितु घलेद्वारा संकलित सो रकम लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के की डिस्ट्रिक्ट भाइस गभर्नर सुचित्रा थापाले सिराजलाई सो रकम हस्तान्तरण गरिन् ।

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा पत्रकार बलराम प्यासी, लायन्स क्लब काठमाडौँ आबद्धकी संस्थापक अध्यक्ष एवम् १ सय डलर अभियानकी विभागीय प्रमुख (पिएमजेएफ) सुनिता मरहठ्ठा शर्मा तथा सो क्लबकी उपाध्यक्ष राज्य श्री श्रेष्ठ प्रधानाङ्गको साथै बिरामीका पति शिव नापितको पनि उपस्थिति थियो ।
रकम हस्तान्तरण कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के की डिस्ट्रिक्ट भाइस गभर्नर सुचित्रा थापा तथा क्लबकी संस्थापक अध्यक्ष मरहठठले उपचारको लागि आर्थिक समस्यामा परेकाहरुलाई लायन्स क्लबले सानै भएपनि यस्तो सहयोग गर्दै आएको बताइन् ।

उनीहरुले आमालाई मिर्गौला दिएर बचाउने छोरा सिराजको मुक्तकण्ठले प्रशंसा गर्दै वर्तमान समाजमा यस्ता छोराहरुको खाँचो रहेको बताए ।