सिकार खेल्न निकुञ्ज छिरेका ५ जना हतियारसहित फन्दामा

0
Shares

वीरगन्ज।

पर्सा राष्ट्रिय निकुञ्जमा शिकार गर्न गएका पाँच जना हतियारसहित पक्राउ परेका छन् । जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ का झापस दास थारु, अकुअनिया टोलका नवराज बस्नेत, काभ्रे घर भइ हाल सखुवाप्रसौनी १ मै बस्ने दामोदर अधिकारी, वडा नम्बर १ खजुरिया निवासी विशाल सहनी र काभ्रेको नासिक गाविस ६ का मालदोङ्ग तामाङ पक्राउ परेका हुन् ।

उनीहरुलाई मृत पोथी जरायो र भाले जरायोको टाउको, शिकार गर्न प्रयोग भएका बा ५ त ७८०५ र प्रदेश २ ०२–०३–००१ च ३०९७ नम्बरका गाडी, १२ बोरको भरुवा बन्दुक १ थान, १२ राउण्ड गोली, पाँच थान मोबाइल, नगद दुई लाख ९० हजार ६३० रुपैयाँ रामदसहित वन संरक्षण टोलीले पक्राउ गरेको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सुर्य खड्काले जानकारी दिनुभयो ।

सिकार खेल्न प्रयोग गरिएको हतियार, गाडी, मोबाइल, टाउकोमा गोली लागेको अवस्थामा मृत पोथी जरायो, अनि टाउको र सिङ मात्रै बाँकी रहेको भाले जरायो साथमा भेटिएको र उनीहरुलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।

पाँचैजना निकुञ्ज अन्तर्गत पर्ने पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ अकुअनियास्थित जंगलमा वन्यजन्तुको शिकार गर्न पुगेका थिए ।