पाल्पामा तीन सय बढी तोपका गोला भेटिए

0
Shares

पाल्पा।

पाल्ल्पाको तानसेनमा घडेरी खन्ने क्रममा तीन सय बढी तोपका गोला भेटिएका छन् । यहाँको जिल्ला अस्पताल नजिकै गोलाखानामा घडेरी खन्ने क्रममा तीन सय ३० भन्दा बढी तोपका गोला भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार नेपाली सेनाको जग्गा रहेको ठाउँमा घडेरी खन्ने क्रममा पुराना तोपका गोला फेला परेका हुन् । सोही ठाउँमा सेनाले गेष्टहाउस निर्माणका लागि घडेरी खनिरहेको छ । जेसिबी लगाएर घडेरी खन्ने क्रममा तोपका गोला फेला परेका हुन् । यहाँ एक रोपनी तीन दाम जग्गा नेपाली सेनाको रहेको छ ।

उक्त जग्गामा परापूर्वकालमा नेपाली सेनाले द्धन्द्धका बेला प्रयोग गरेका हातहतियार हुन सक्ने अनुमान गरिएको छ । यद्यपी यस विषयमा भने अनुसन्धान भइरहेको छ । फेला परेका तोपका गोलाहरुलाई नेपाली सेनाले सोही ठाउँमा संकलन गरेर राखेको छ । घडेरी खन्ने काम भइरहेकाले अझै गोलाहरु भेटिन सक्ने नेपाली सेनाले जनाएको छ ।