संगीतकार डंगोल सम्मानित

0
Shares

संगीतकार जुगल डंगोल राजधानीमा सम्मानित भएका छन्। तीन दशकभन्दा लामो समयदेखि संगीत क्षेत्रमा योगदान गरेको भन्दै लू निभा: बाल सरोकार समूहद्वारा राजधानीमा आयोजित एक समारोहबीच डंगोललाई लू निभा: सम्मान २०७९ बाट सम्मानित गरिएको हो।

संगीतकार तथा संगीत संयोजक डंगोललाई राष्टिझय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मानव अधिकारवादी गौरी प्रधानलगायतले सम्मान हस्तान्तरण गरेका हुन्।अढाई दशकदेखि बालबालिकाको हकहित तथा अधिकारका लागि काम गर्दै आएको संस्था लू निभा: बाल सरोकारले विभिन्न कार्यक्रम गरेर रजत जयन्ती मनाउने क्रममा उनलाई सम्मानित गरिएको हो। सोही अवसरमा उनको शब्द रचना र संगीतमा अलोन्सा डंगोलले गाएको गीत लुनिभा सार्वजनिकसमत गरिएको थियो।

सबै विधाका संगीत गर्दै आएका संगीतकार डंगोलको बाल संगीतको विकाश र प्रवद्र्धनमा पनि त्यत्तिकै योगदान रहेकोले उनलाई सम्मान गरिएको संस्थाका संस्थापक अध्यक्ष नरेन्द्र डंगोलले बताए।

संगीतकार डँगोलले हालसम्म एक सय भन्दा बढी बाल गीतमा संगीत भरिसकेका छन्। उनले विश्वको सबैभन्दा कान्छी बाल गायिकाको कीर्तिमान कायम गरेकी अतिथि गौतम केसीको गीतिसंग्रह अतिथिसहित अन्य बाल कलाकारका भोलि फुल्ने फूल, माई फस्ट स्टेप, मिल्ने साथी, हाम्रो आवाज, सुनचरी, उत्साह, गुरा“स र साकुरा, टप अफ द वल्र्डजस्ता थुप्रै बाल गीतिसंग्रहका गीतमा संगीत भरेका छन्।