भारतलाई २१ वर्षपछि मिसेस वल्र्डको उपाधि

0
Shares

विवाहित महिलाहरुको पहिलो सौन्दर्य प्रतियोगिता मिसेस वल्र्ड २०२२ को उपाधि भारतीय विवाहित सुन्दरी सरगम कौशलले जितेकी छन्। अमेरिकामा सम्पन्न ३८औँ संस्करणको मिसेस वल्र्डमा विजयी भएसँगै भारतले २१ वर्षपछि मिसेस वल्र्डको उपाधि चुमेको हो। यसभन्दा अघि सन् २००१ मा अभिनेत्री अदिति गोवित्रिकरले यो उपाधि चुमेकी थिइन्।

मिसेज इन्डिया २०२२ को विजेता भएसँगै मिसेज वल्र्डमा भाग लिएकी ३२ वर्षीया सरगम मोडलको साथै शिक्षिका हुन्। विवाहित महिलाहरुको पहिलो सौन्दर्य प्रतियोगिताको रुपमा सन् १९८४ देखि मिसेस वुमनका नाममा शुरु भएको प्रतियोगिताको नाम सन् १९८८ मा मिसेस वल्र्डमा परिवर्तन भएको थियो। प्रतियोगितामा हालसम्म सबैभन्दा धेरै उपाधि चुम्ने राष्टझ अमेरिका हो भने भारत, पेरु, रसिया र श्रीलंकाले दुई+दुई पटक मिसेस वल्र्डको उपाधि चुमेको छ।