महापुरुषले मनायो ५१औँ दिन कमायो १० करोड

0
Shares

निर्देशक प्रदीप भद्मराईद्वारा निर्देशित चौथो फिल्म महापुरुषले पनि प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ। यसअघि, उनीद्वारा निर्देशित जात्रा, जात्रै जात्रा र शत्रु गतेले प्रदर्शनको ५१औं दिन मनाएको थियो।

प्रदर्शनको आठौँ हप्तामा प्रवेश गरेको फिल्मले गत शनिबार काठमाडौंसहित मोफसलका केही हलमा प्रदर्शनको ५१औँ दिन पार गरेको हो। यससँगै फिल्मले घरेलु बक्स अफिसबाट नै १० करोड बढीको कलेक्सन गर्न सफल भएको निर्माण समूहले जनाएको छ।

प्रदर्शनको ५१औँ दिन पुगेको अवसरमा फिल्मको निर्माण समूहले हालै राजधानीमा आयोजित एक समारोहबीच केक काटेर खुसियाली मनाएको छ। अमेरिका भ्रमण सकाएर हालै काठमाडौं फर्केका फिल्मका मुख्य कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको उपस्थितिमा निर्माण समूहले केक काट्दै महापुरुष पहिलो कार्बन तटस्थ फिल्म बनेको जनाएको छ। सो अवसरमा निर्माण समूहले कार्बन उत्सर्जन कटौती गर्नेतर्फ फिल्मले महङ्कवपूर्ण वातावरणीय अध्याय थालेको जनायो।

विन्ड-पावर नेपालले गरेको अध्ययनमा महापुरुषको सुरुदेखि अन्त्यसम्म महापुरुषले ६.४१ टन कार्बन उत्सर्जन गरेको उल्लेख छ। ग्रिनहाउस ग्यास (जीएचजी) प्रोटोकलअनुसार उक्त संस्थाले अध्ययन गरेको हो।

यो उत्सर्जन बेलायतमा फिल्म निर्माण गर्दाको भन्दा ९० गुणाले कम रहेको अध्ययनमा संलग्न सम्राट पाठकले बताए। बेलायतमा एउटा फिल्म निर्माण गर्दा ६ सय टन र हलिउडमा १८ सय टन कार्बन उत्सर्जन हुने तथ्य उनले प्रस्तुत गरे।

उनका अनुसार छायांकनदेखि समापनसम्म तीन स्कोपअन्तर्गत रहेर कार्बन फुटप्रिन्टको अध्ययन गरिएको थियो। जसमा फिल्म छायांकनको बेला प्रयोग भएको बिजुली बस ४ हजार किमी गुडेको र यसबाट ३ टन कार्बन उत्सर्जन हुनबाट जोगिएको उनले उल्लेख गरे।

६ टनभन्दा बढी कार्बन उत्सर्जन गरेको तथ्यांक बाहिर आएपछि फिल्मको निर्माण समूहले त्यसको शोधभर्नाका लागि दुई ६६ रुख रोप्ने र ११ किलोवाट सोलार प्यानल जडान गर्ने घोषणा गरेको छ। अभिनेता हरिवंश आचार्य एक्लैले गाउँमा डेढ सय रुख रोप्ने र यसका लागि पानी ट्यांकीको निर्माण भइरहेको जनाए।

फिल्मका कार्यकारी निर्माता तथा अभिनेता रवीन्द्र सिंह बानियाँले अन्य फिल्म निर्मातालाई पनि प्रेरित गर्न आफूहरु कार्वन उत्सर्जनलाई कटौती गर्न प्रयास थालेको बताए।

फिल्मका लेखक तथा निर्देशक प्रदीप भद्मराईले फिल्मको सफलतासँगै दायित्व थपिएको बताए। मसँगै फिल्मकर्मीलाई सामाजिक सन्देश भन्नसमेत उर्जा मिलेको छ। यसले नेपालसँगै अमेरिकाको डलासमा समेत ५१औँ दिन पूरा गरेको छु, निर्देशक भट्टराईले भने।

षट्कोण आर्ट्स प्रालिको ब्यानारमा दीपेश खत्रीद्वारा निर्मित फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, अरुण क्षत्री, अञ्जना बराइली, नरेन्द्र कंसाकार, नरेश पौडेललगायतले अभिनय गरेका छन्।