हात्तीछापमा दयाहाङ

0
Shares

फिल्म दुई नम्बरीको सफलतापछि यसको निर्माण संस्थाले हात्तीछाप नामक नयाँ फिल्म निर्माण गर्ने भएको छ ।

किरण नेपालीको निर्माणमा बन्ने सामाजिक कथावस्तुको फिल्म हात्तीछापमा नायक दयाहाङ राईलाई अनुबन्ध गरिएको छ। फिल्ममा काम गर्ने गरी अभिनेता राई र निर्माण पक्षबीच हालै लिखित सम्झौता भएको छ। फिल्मका अन्य कलाकार भने चयन गर्न बाँकी रहको निर्माता नेपालीले जानकारी गराएका छन्।

यसअघि पोई पर्‍याे  बुढो निर्माण गर्ने तयारी गरेका नेपालीले प्रदीप भारद्वाजद्वारा लिखित हात्तीछापको स्क्रिफ्ट मन परेपछि त्यसलाई पोष्टपोन्ड गर्दै यो कथामा फिल्म बनाउन लागेका हुन्। फिल्मको छायांकन आगामी चैत्रबाट सुरु गर्ने योजना निर्माण पक्षको रहेको छ।