नेपाल घुमेर मख्ख विवेक


गत सातादेखि नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता बिवेक ओवराय काठमाडौंदेखि पोखरासम्मको यात्रामा रमाईरहेका छन्।

 

आफ्ना अभिनेता पिता सुरेश ओवराय तथा परिवारका साथ दशदिने नेपाल भ्रमणमा रहेका अभिनेता ओबरायले भ्रमणका क्रममा नेपालबाट पाएको मायाले उत्साहित भएको जनाएका छन्। यस बिचमा विवेकले पशुपतिको दर्शन गरेर शान्ति महशुष गर्दै चन्द्रागिरि पुगेर प्रकृतिको मजा लिएका छन् भने पोखरा पुगेर जीपलाइनमा रमाउँदै छोराको जन्म दिन मनाएर खुशी प्रकट गरेका छन्।

व्यवसायी पुनम यादवको निम्तोमा गत बुधबार राती नेपाल आईपुगेका विवेकले त्रिभुवन अन्तराष्टिझय विमानास्थलमा नेपाली झन्डा र ढाका टोपीसहितको स्वागत पाए। नेपाली झन्डा ओढेर र ढाका टोपी पहिरीएर खुशी भएका उनले आप्mना माता पिता थुप्रैपटक आए पनि आफ्ना लागि नेपाल भ्रमण पहिलो र सुखद् भएको बताए। ओवरायले आफु र आप्mना सन्तानले पनि नेपाल घुम्नु पर्छ भन्ने लागेर भ्रमणमा आएको प्रष्ट्याए।

काठमाडौं टेकेपछि बुबाआमा, पत्नी र छोराछोरीसहित पशुुपतिमा पूजाअर्चना गरेका उनले पशुपतिको दर्शन गरेर मनमा शान्ति मिलेको बताए। पशुपतिको दर्शनपछि ओवराय परिवार चन्द्रागिरि पुगेको थियो। त्यसपछि उनको परिवारले पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी) अध्यक्ष पुष्पकमललाई दाहाल ञप्रचण्डु लाई उनको निवास खुमलटार पुगेर भेट गरेको थियो।

प्रचण्डसँगको भेटवार्तापछि उनले खुशी व्यक्त गर्दै शनिवार पोखराबाट फेसबुकमा उनीसँगको आफ्नो र परिवारको फोटो पोष्ट गरेका छन्।शुक्रवार पोखरा पुगेका ओबराय परिवार त्यहाँ घुमघाम गरेर रमाएको छ। ओवराय बाबुछोराले त्यहाँ जिपलाइन र स्काइक्रिमरको आनन्द पनि उठाए।

विवेकले पोखरामा छोरा अर्जुनको जन्मदिनको केक काटेका छन्। उनको परिवार पोखरा हुँदै अन्नपूर्ण पुनहिल पदयात्रा जाँदैछ। पोखराबाट फर्किएर भैरहवा हुँदै उनीहरुले लुम्बिनी घुम्ने योजना बुनेका छन्। विवेक भैरहवामा हुने मिट एण्ड ग्रीट कार्यक्रममा पनि सहभागी हुँदैछन्। विवेकले भारत फर्केर आफ्ना फ्यानलाई नेपाल घुम्न आउन प्रेरित गर्ने बताएका छन्।