प्रसाद्वारा २ को छायांकन शुरु


केही विवाद र अन्योलपछि अन्ततः सुपरहिट सामाजिक फिल्म प्रसादको सिक्वेल प्रसाद २ को बिहीबारबाट छायांकन शुरु भएको छ।

शुभसाइत समारोहमा मुख्य कलाकारहरु नायक विपिन कार्की र नायिका केकी अधिकारीले मूहूर्त सर्ट दिएका थिए। एसजी फिल्मस् र सुलभ थापा प्रोडक्सनको ब्यानरमा सुदर्शन बस्नेतले निर्माण र सुवास थापाले प्रस्तुत गर्ने फिल्मको छायांकन माछापुच्छ्र्रे गाउँपालिकामा ४० दिनसम्म चल्नेछ।

सफल निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माणाधीन फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डेलगायतका कलाकारले अभिनय गरेका छन्।

सञ्चारकर्मी सुशील पौडेलले लेखेका फिल्ममा राजेश श्रेष्ठको छायांकन, उत्तम न्यौपानेको ध्वनि, राजनराज शिवाकोटीको संगीत रहनेछ। फिल्मको कथावस्तु उत्कृष्ट भएकाले यसको सिक्वेलले पनि अघिल्लो श्रृङखलाको जस्तै माया पाउने विश्वास निर्देशक सुदर्शन थापाले व्यक्त गरेका छन्।