बलिउड अभिनेत्री दीपिका पादुकोण आफूले लगाएको बिकिनीको रङका कारण विवादमा तानिएकी छन्।
शाहरुख खानको बहुप्रतिक्षित फिल्म पठानमा समावेश बेशर्म रङ बोलको गीतमा दीपिकाले लगाएको पहेँलो रङको बिकिनीका कारण भारतमा उक्त फिल्म नै बहिस्कार गर्नेसम्मको चर्चा हुन थालेको छ।
उक्त गीतको दृश्यलाई लिएर विभिन्न राजनीतिक दल, समूह र आम मानिसले समेत विरोध गरिरहेका छन्। पहेलो रङलाई हिन्दू धर्ममा पवित्र रङ मानिने कारण धर्मको अपमान भएको भन्दै यो विवाद सिर्जना भएको हो। भारतीय जनता पार्टीले पनि यही रङलाई प्रयोग गर्दै आएको छ।
यो विषयलाई लिएर सत्तारुढ भारतीय जनता पार्टीले पनि विरोध गरेको छ भने मध्यप्रदेशका गृहमन्त्री डा. नरोत्तम मिश्रले गीतमा समावेश दृश्य आपत्तिजनक भएको र दूषित मानसिकताका साथ फिल्म निर्माण गरिएकाले गीतमा समवेश पहेलो रङको वष्त्र लगाएको दृश्य नहटाए फिल्मको रिलिज नै रोक्ने चेतावनी दिएका छन्।
सिदार्थ आनन्द निर्देशित यस फिल्मको गीतमा समावेश दृश्यप्रति पनि धेरैले आपत्ति जनाउँदै इन्दौरलगायत भारतका विभिन्न स्थानमा शाहरुख र दीपिकाको पुत्लासमेत जलाएका छन्।अभिनेत्री पायल रोहतोगी कपडाको रङबारे विवाद गनु भनेको बेवकुफी भएको भन्दै दीपिकाको बचाउमा उत्रिएकी छन्। ञकपडाको रङलाई लिएर विवादमा उत्रिनु सही होइन।
दीपिकाले भगवान्को फोटोको बिकिनी लगाएकी होइनन्। जो मानिसहरु यस विषयलाई लिएर विवाद गरिरहेका छन्, उनीहरु केवल प्रचार पाउनका लागि मात्र यो सब गरिरहेका छन् । पूर्व पोर्नस्टार सनी लियोनीलाई इंगित गर्दै उनले भनेकी छिन्, जहासम्म अश्लील दृश्यको कुरा छ, देशले एक पोर्न स्टारलाई नै शिरमा राखेर हिँडेको छ, उनीहरुलाई नै दीपिका कसरी अश्लील भइन् ?











प्रतिक्रिया