तर्साउने प्रयासमा चि मुसी चि

0
Shares

हरर थ्रिलर फिल्म चि मुसी चि: इभन डेड डिजायर बिलिल्गिङको टिजर रिलिज गरिएको छ।
संवादविहीन १ मिनेट २३ सेकेन्ड लामो टिजरमा कलाकारको मुभमेन्ट र पाश्र्व संगीतले दर्शकमाझ कौतुहल्ता, डर र उत्सुकता पैदा गरेको छ।

फिल्मले टिजरबाटै दर्शकलाई तर्साउने प्रयास गरेको छ। एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्मित हरर थ्रिलर जनराको फिल्मको सार्वजनिक टिजरमा यसका मुख्य कलाकार आयुष्मान देशराज जोशी, प्रिंयका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, राजन खतिवडा, रवीन्द्र झा, गौरव विष्टलगायतका कलाकारलाई प्रस्तुत गरिएको छ। सिनेमाले नेपालमा हरर तथा थ्रिलरको ट्रेन्ड स्थापित गर्ने निर्माण समूहको विश्वास छ।

नेपालमा उच्च कोटीको हरर सिनेमा हेर्ने दर्शकको चाहना यो फिल्मले पूरा गर्ने अपेक्षा निर्माण समूहको छ। आफूहøले त्यही अनुसार नै कथावस्तु, छायांकन र पोष्टप्रोडक्सनको काम गरेको प्रस्तुतकर्ता अरुण चक्रवर्तीले बताए।

फिल्मको निर्देशन मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका छन्। फिल्म नेपाली र बलिउड प्राविधिकको समिश्रणमा निर्माण भएकाले पनि केही फरक र नया™पन दर्शकले महसुस गर्न पाउने विश्वास गरिएको छ। आगामी पुस २२ गते अल नेपाल रिलिजमा आउने फिल्म रिञ्जु केसीका साथ प्रस्तुतकर्ता अरुण चक्रवर्तीले निर्माण गरेका हुन्।