ओमशंकरको कथामा तिब

0
Shares

रवि सायमीको निर्देशनमा नेपाल भाषाको फिल्म तिब अर्थात् टेको फिल्म निर्माण गरिने भएको छ। सर्जु रञ्जित र समिता रञ्जित श्रेष्ठको निर्माणमा निर्माणाधीन फिल्मको हालै राजधानीमा आयोजित एक समारोहबीच शुभमुहूर्त गरिएको छ।

मुहूर्त कार्यक्रममा यसअघि पनि नेपाल भाषामै जामनः गुभाजु नामक ऐतिहासिक विषयको फिल्म निर्माण गरी अमेरिकाको न्युयोर्कमा आयोजित एक प्रतिस्पर्धामा पुरस्कार जित्न सफल निर्देशक सायमीले यो फिल्मको सुटिध्र अमेरिकाको मेरिल्यान्डमा पनि गरिने जनकारी गराए।

फिल्मका लेखक ओमशंकर श्रेष्ठले समाजमा व्याप्त घटनालाई यथार्थरुपमा प्रतिविम्बत गरिएकाले फिल्म बन्नुअघि नै हिट भइसकेको र अत्यन्तै मार्मिक सामाजिक सन्देशमूलक कथा बोकेका कारण फिल्मबाट दर्शकले भरपूर मात्रामा रोमान्स र मनोरञ्जन प्राप्त गर्ने बताए।

वाइल्ड बुल प्रोडक्सनको ब्यानरमा बन्ने फिल्म स्थापित गीतकार, कथाकार, पत्रकार, शिक्षक एवं उपन्यासकार ओमशंकर श्रेष्ठले लेखेका हुन्। सशील राजोपाध्याय, ओमशंकर श्रेष्ठ र रवि सायमीले संयुक्तरुपमा पटकथा तयार पारेको फिल्ममा ओमशंकर श्रेष्ठ, राजेन्द्र महर्जन र सुशील राजोपाध्यायको गीत रचना रहनेछ भने संगीत शिव साही र भूपेन्द्र बज्राचार्य तथा सर्जु रञ्जित र सतिश महर्जनको श्वर रहनेछ।

फिल्ममा जामनः गुभाजुको जीवन्त अभिनय गरेर लोकप्रियता कमाएका कलाकार सुशील राजोपाध्यायका साथमा आशाकाजी थकु, संघरत्न शाक्य, पुष्करभक्त माथेमा, कृष्णभक्त महर्जन, सरस्वती मानन्धर, मैयाँ मुनिकार, सुनीता ठाकुर, कञ्चन तुलाधारलगायत कलाकारले अभिनय गर्नेछन्।