मिस इन्टरनेसनलको उपाधि जर्मनीलाई नेपालकी न्यान्सी प्रशंसामा सीमित

0
Shares

जापानको राजधानी टोकियोमा सम्पन्न ६०औँ संस्करणको मिस इन्टरनेसनल २०२२ को उपाधि २२ वर्षीया जर्मनी सुन्दरी ज्यास्मिन सेलबर्गले चुमेकी छन्।

विभिन्न देशका ६६ सुन्दरीले सहभागिता जनाएको प्रतियोगिताको ग्रान्ड फिनालेमा काबो भर्डीकी स्टेप्mिन अमादो फस्ट रनर्सअप, पेरुकी तातियाना गालमेल सेकेन्ड रनर्सअप, कोलम्बियाकी नतालिया लोपेज थर्ड रनर्सअप र डोमिनिकन रिपब्लिककी सेलिनी सन्तोष फोर्थ रनर्सअप घोषणा भए।

दिगो विकासका लागि सौन्दर्य भन्ने नाराका साथ सम्पन्न प्रतियोगितामा सहभागी सुन्दरीले संयुक्त राष्टझ संघको सहश्राब्दी लक्ष्यको लोगोसहित क्याटवाक गरेका थिए भने पाँच महादेशका महाद्वीपीय सुन्दरीका लागिसमेत भोट गरेका थिए। जसअनुसार एसियाबाट जापान, युरोपबाट फिनल्यान्ड, अफ्रिकाबाट काबो भर्डी, ओसियानाबाट न्युजिल्यान्ड र उत्तर अमेरिकाबाट अमेरिकाले महाद्वीपीय सुन्दरीको उपाधि चुमे।

प्रतियोगितामा नेपालबाट मिस इन्टरनेसन नेपाल २०२२ न्यान्सी खड्काले सहभागिता जनाएकी थिइन्। हिमाली पन्छी मुनालबाट प्रभावित भएर डिजाइन गरिएको राष्टिझय पोसाकमा -याम्प नापेकी उनले नेपाली बालबालिकाको शिक्षा, मानसिक स्वास्थ्यलगायतको मुद्दालाई अघि सारेर भिडियो प्रस्तुत गरेकी थिइन् भने स्विमसुट, इभिनिध्र गाउन लगायतका राउन्डमा राम्रो प्रतिक्रिया पाएकी थिइन्। तर, उनी उत्कृष्ट पाँचभित्रसमेत अटाउन सकिनन्।