टेलर अब फिल्म निर्देशक


ख्यातिप्राप्त अमेरीकी गायिका टेलर स्विफ्टले अब फिल्म निर्देशन पनि गर्ने भएकी छन्। हलिउडको प्रख्यात फिल्म निर्माण कम्पनी सर्चलाइट पिक्चरर्समाफर्त उनले निर्देशन गर्न लागेको फिल्मको पटकथा पनि टेलरले नै लेखेको भेराइटी म्यागेजिनमा प्रकाशित समाचारमा जनाइएको छ।

टेलर एक जमानाकी कथा वाचिका तथा उम्दा कलाकार हुन्। उनीसँग सहकार्य गर्न पाउनु हाम्रो लागि गौरवको कुरा हो भेराइटीसँगको कुराकानीका क्रममा सर्चलाइट पिक्चर्सका अध्यक्षद्वय टेविट ग्रिनबाउ तथा माथ्यु ग्रिनफिल्डले भनेका छन्।
यसअघि निर्माण गरेको फिल्म द शेप अफ वाटर र नोमाल्यान्डले ओस्कार पुरस्कार जितेका थिए।

टेलरले यसअघि रेड नामक लघु फिल्म निर्देशन गरेकी थिइन् भने आगामी दिनमा उनले निर्देशन गरेको फिचर फिल्म पनि दर्शकले हेर्न पाउने भएका छन्।उनले ११औं पटकसम्म प्रतिष्ठित ग्रामी अवार्डसमेत जितिसकेकी छन् भने प्रतिष्ठित अमेरिकी आर्थिक म्यागेजिन फोब्र्सले हालै सार्वजनिक गरेको विश्वका एक सय शक्तिशाली महिलाको सूचीमा ७९औँ स्थान ओगट्न सफल भएकी छन्।